पोखरा पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिनाको मृत्यु

पाेखरा | माघ २६, २०७९

पोखरा पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिनाको मृत्यु

पोखरा:  पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको छ ।

 
पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा बसले स्कुटरलाई ठक्कर दिदा २७ वर्षीय रेजिना आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए । 


पोखरा पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक आचार्यको मृत्यु भएको हो ।

 
पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा आचार्यको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्